आईजिपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१३६ पाठक संख्या


काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का अध्यक्षको तर्फबाट गृह मन्त्री ओमप्रकाश अर्यालले कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

कार्कीले पूर्व आईजिपी बसन्तबहादुर कुँवरको स्थान लिँदै नेपालको ३१औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका हुन्। दर्ज्यानी चिह्न ग्रहणपछि उनले संस्थाको व्यावसायिकता, जनसेवा र शान्ति–सुरक्षामा थप प्रभावकारिता ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Write your Comment