ओलीको विकल्प खोज्नु राजनीतिक अपराध हो’ — महेश बस्नेत

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१५२ पाठक संख्या


दाङ ।  नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने प्रयासलाई राजनीतिक अपराधको संज्ञा दिएका छन्।

दाङमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले विदेशी योजनाअनुसार एमालेभित्रैबाट ओलीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको दाबी गरे। उनका शब्दमा,

“अहिले पार्टीभित्रबाटै केपी ओलीको विकल्प खोज्न थालिएको छ, यो राजनीतिक अपराध हो। यो एमालेलाई कमजोर बनाउने विदेशी डिजाइन हो।”

बस्नेतले ओलीकै नेतृत्वमा पार्टी अझ बलियो बन्ने विश्वास व्यक्त गर्दै भने,

“हामी केपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाउँछौं।”

उनले पार्टीभित्रको असन्तुष्ट समूहलाई एमालेको एकता र संगठनात्मक क्षमतामाथि प्रहार नगर्न चेतावनी पनि दिएका छन्।

Write your Comment