


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएका केही दिनपछि आज स्वदेश फर्किँदै छन्। देउवा आज बेलुका काठमाडौं आइपुग्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्।
महतका अनुसार देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा पनि उहाँसँगै फर्किँदै छिन्। “सभापति आज बेलुकासम्म नेपाल आइसक्नुहुन्छ,” महतले बताए।
असोज २८ गते नेपाली कांग्रेस केन्द्रीय समिति बैठकलाई सम्बोधन गरेपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्दै उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए।





Write your Comment