


मेक्सिको सिटी । सामाजिक सञ्जालमार्फत जेन–जी पुस्ताले सुरु गरेको ‘बोट’ अभियानपछि आयोजित विरोध प्रदर्शनमा हजारौँ युवाको सहभागिता देखिएको छ। देशभर बढ्दै गइरहेको हिं’सा र अ’परा’ध नियन्त्रणमा सरकारले पर्याप्त गम्भीरता नदेखाएको आरोप लगाउँदै उनीहरू सडकमा उत्रिएका थिए।
प्रदर्शनकारीहरू राष्ट्रपति क्लाउडिया सेइनबाउमको निवासतर्फ मार्च गर्दै जाँदा स्थिति तनावग्रस्त बनेको प्रहरी स्रोतले जनाएको छ। राष्ट्रपति निवास परिसर वरिपरि राखिएका सुरक्षा बार भत्काउन प्रदर्शनकारीले प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भीषण झडप भएको हो।
स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको बताइएको छ।
झडपमा १०० प्रहरी घाइते भएका छन्, जसमा ४० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यता, २० जना सर्वसाधारण पनि घाइते भएका छन्।





Write your Comment