


काठमाडौं । कठिनाइ र चुनौतीलाई जीवनको अभिन्न हिस्सा मान्ने एक युवाले सामाजिक सञ्जालमार्फत आफ्ना गहिरा भावनाहरू पोखेका छन्। ‘म तूफानमा हिँड्ने मान्छे’ शीर्षकमा लेखिएको उक्त अभिव्यक्तिमा उनले संघर्ष, दृढता र आत्मबलले भरिएको आफ्नै जीवनयात्रा वर्णन गरेका छन्।
लेखक जी. शाहका अनुसार आफूले सजिलो बाटो भन्दा बाधा, पहाड, मरुभूमि र कठिन यात्रालाई नै रोज्दै आएको बताइएको छ। “फूल होइन, काँडा भए पनि ठीक छ, तर हिँड्नका लागि बाटो चाहिन्छ,” उनले लेख्दै, सत्य बोल्नु र संघर्ष भोग्नुलाई आफ्नो पहिचानको रूपमा उतारेका छन्।
उनले जीवनमा अनेक चोट, पीडा र जोखिम सामना गरे पनि कहिल्यै सहानुभूति खोजेनन्। “सैयौं चोटि मृत्युलाई नजिकबाट देखे पनि बाँच्न सफल भएँ,” भनिएको कथनमा आत्मबल र साहस प्रस्ट झल्किन्छ। ओठमा मुस्कान लुकाएर व्यथालाई भित्रै दबाएर अघि बढिरहेको उनले उल्लेख गरेका छन्।
भाग्यसँग निरन्तर ‘लुकामारी’ खेले पनि नरम बन्नुभन्दा बलियो बनिरहन आफूले रोजेको उल्लेख गर्दै लेखकले आफू यस्तो यात्राको बानी परेको बताउँछन्। “मंजिल सजिलो नबनाइदेऊ, म त्यस्तो यात्रा खोज्दिन,” भन्ने भनाइ उनले जीवनलाई चुनौतीको रुपमै स्वीकार गरेको संकेत हो।
सामाजिक सञ्जालमा सार्वजनिक उक्त भावनात्मक अभिव्यक्तिले धेरै युवाको ध्यान आकर्षित गरेको छ। संघर्षलाई आत्मगौरवका रूपमा आत्मसात् गर्दै अघि बढ्ने सन्देश यसले दिन्छ।





Write your Comment