साउदी अरबमा बस–ट्याङ्कर ठोक्किँदा ४२ भारतीय तीर्थयात्रीको मृत्यु

रातोघर

 २०८२ मंसिर १, सोमबार  मा प्रकाशित
९७ पाठक संख्या


रियाद । साउदी अरबमा मक्का–मदिना मार्गमा तीर्थयात्री बोकेको बस डिजेल ट्याङ्करसँग ठोक्किँदा भीषण आगलागी भएर ४२ भारतीय यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये २० महिला र ११ बालबालिका रहेका छन्।

बसमा सवार अधिकांश यात्रु हैदराबादबाट उमरा तीर्थयात्राका लागि मक्का हुँदै मदिना जाँदै गरेका थिए। ठोक्किएपछि बसमा आगो फैलिँदा धेरै यात्रु त्रसित भएर बाहिर निस्कन नपाउँदै ज्यान गुमाएको बताइएको छ।

घटनाबारे साउदी अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन्।

Write your Comment