अनेरास्ववियु : डा. सुजन कडरियाको राजीनामा स्वीकृत, दीपक धामी नयाँ अध्यक्ष

रातोघर

 २०८२ मंसिर १, सोमबार  मा प्रकाशित
१३७ पाठक संख्या


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को पदाधिकारी बैठकले अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ। बैठकले कडरियाको स्थानमा हालका महासचिव दीपक धामीलाई नयाँ अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

संगठनभित्र विभिन्न कारणले कडरियाले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत भएपछि अहिले खाले पदमा धामीलाई जिम्मेवारी तोकिएको अनेरास्ववियुले जनाएको छ।

धामीले अब संगठनलाई सक्रिय बनाउने, संरचना सुदृढ पार्ने र विद्यार्थी आन्दोलनलाई योजनाबद्ध रूपमा नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Write your Comment