


काठमाडौं । पूर्व प्रहरी उपमहानिरीक्षक (DIG) सर्वेन्द्र खनालले नयाँ राजनीतिक दल ‘समुन्नत नेपाल पार्टी’ दर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएका छन्। केही वर्षअघि नेकपा एमालेमा प्रवेश गरी प्रतिनिधि सभा चुनावसम्म लडेका खनाल पछिल्लो समय एमालेबाट अलग भएका थिए।
दल दर्ता प्रक्रियासँगै खनालले पार्टीको अध्यक्षमा स्वयं नेतृत्व सम्हाल्ने निर्णय गरेको स्रोतले जनाएको छ। उनका अनुसार नयाँ पार्टीले सुशासन, शुद्ध प्रशासन, सुरक्षा क्षेत्रको सुधार र राष्ट्रहितका एजेन्डा प्राथमिकतामा राख्नेछ।
खनालले देशमा वैकल्पिक नेतृत्व आवश्यक भएको बताउँदै आगामी राजनीतिक गतिविधिमा सक्रिय भूमिका खेल्ने तयारी गरेका छन्।





Write your Comment