तीनकुने आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजककी पत्नी सुजन मगियालाई सरकारी रोजगारी

रातोघर

 २०८२ मंसिर २, मंगलबार  मा प्रकाशित
२०० पाठक संख्या


काठमाडौं । १५ चैत २०८१ मा तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी उपलब्ध गराएको छ। सरकारले उनलाई सुरक्षण मुद्रण कोषमा करार कम्प्युटर अधिकृत पदमा नियुक्ति दिएको हो।

सोमबार आयोजित कार्यक्रममा सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा मगियालाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरिएको छ। आन्दोलनमा ज्यान गुमाएका नागरिकका परिवारलाई राहत र सहारा प्रदान गर्ने सरकारी नीतिअनुसार यो नियुक्ति गरिएको बताइएको छ।

सरकारले मृतक रजकको योगदान र परिवारको अवस्थालाई मध्यनजर गर्दै रोजगारमार्फत सहयोग प्रदान गरिएको जनाएको छ।

Write your Comment