आगामी प्रतिनिधिसभा चुनाव सहभागी बनाउन प्रधानमन्त्री कार्कीद्वारा दलहरूसँग आज संयुक्त छलफल

रातोघर

 २०८२ मंसिर ३, बुधबार  मा प्रकाशित
१७९ पाठक संख्या


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा चुनावमा सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गर्न आज दिउँसो ४ बजे सिंहदरबारमा दलका प्रमुखहरूसँग संयुक्त बैठक आह्वान गरेकी छिन्।

चुनावको तयारी तीव्र भइरहेका बेला राजनीतिक दलहरूबीच आवश्यक समन्वय, कानुनी तथा प्रावधिक पक्षको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउन प्रधानमन्त्री कार्कीले शीर्ष नेता सहभागी हुने गरी छलफल बोलाइएको उनका सचिवालयले जनाएको छ।

बैठकमा दलहरूले उठाएका चासो, निर्वाचन सुरक्षाको व्यवस्था, मतदाता शिक्षासम्बन्धी तयारी तथा आयोगका अन्य कार्यसूचीबारे विस्तृत रूपमा कुराकानी हुने अपेक्षा गरिएको छ।

Write your Comment