काठमाडौं । जेन–जेड आन्दोलनका नाममा ५०–६० जनामात्र संलग्न रहेको सामान्य घटनालाई नियन्त्रण गर्न नसकेर कर्फ्यु लगाउनु सरकारको नैतिक कमजोरी भएको आरोप लगाइएको छ।
आयोजक पक्षका अनुसार संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन र स्वतन्त्र अभिव्यक्तिको अधिकारमा प्रत्यक्ष बाधा पुर्याउने गरी गरिएको कर्फ्यु निर्णय लोकतान्त्रिक मूल्यविपरीत छ। उनका अनुसार यस्तो वातावरण सिर्जना गर्ने सरकारले फागुन २१ मा निष्पक्ष र विश्वसनीय निर्वाचन गराउने दाबी गर्नु नै हास्यास्पद देखिन्छ।
आन्दोलनरत समूहले ‘कठपुतली सरकारले उठाएका यस्ता कदमले लोकतन्त्र र सुशासनको खिल्ली उडाएको’ टिप्पणी गर्दै कर्फ्यु हटाई नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ।




























Write your Comment