

वीरगञ्ज ।
वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा मोतिबिन्दु फेला परेका ४५ जनाको निशुल्क शल्यक्रिया गरिएको छ । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ पँचरुखी र वडा नम्बर ७ टिकुलियामा सम्पन्न निशुल्क आँखा शिविरमा चेकजाँच गराउँदा मोतिबिन्दु फेला परेका मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो ।
साउन २१ गते पँचरुखीमा सम्पन्न शिविरमा जम्मा ३ सय जनाले आँखा चेकजाँच गराएका थिए । जसमध्ये ६० जनामा मोतिबिन्दु देखिएको वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।
यस्तै साउन २२ गते वडा नम्बर ७ टिकुलियामा सम्पन्न शिविरमा २ सय ४३ जनाले आँखा परीक्षण गराउँदा ४० जनामा मोतिबिन्दुको लक्ष्ण देखिएको धामीले बताए । मोतिबिन्दु फेला परेकाहरुको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिएको हो ।
अस्पतालका नेत्र चिकित्सक प्रभात यादव लगायतको टोलीले आँखाको शल्यक्रिया गरेको हो । शल्यक्रिया गराउन पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकसमेत उपस्थित भएका थिए ।





Write your Comment