नेपाली कांग्रेस संसदीय दल समितिको बैठक बस्दै

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
३४४ पाठक संख्या


वीरगञ्ज ।

नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ। पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय दलको समिति बैठक आजै अपराहन्न चार बजेका लागि बोलाएका हुन्। बैठक सभापति देउवको निवासमा बस्नेछ।

बैठकमा पछिल्लो समय एमालेले अवरोध गर्दै आएको सदन अवरोधको अन्त र समसामयिक राजनीतिक विषयमा कुराकानी हुने बताइएको छ।समितिमा नेता देउवासहित, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन्।

पछिल्लो समय एमालेले १०० किलो सुन तस्करी काण्डमा उच्चस्तरीय छानविन समित गठन गर्नुपर्ने भन्दै संसदमा अवरोध गर्दै आएको छ। तर, यस विषयमा सरकार र सत्तापक्षा दलहरूले भने सुन प्रकरणको छानविन सिआइवीलाई छानविन गर्न दिइसकेको हुनाले यस विषयमा एमालेले किचलो गर्न नमिल्ने बताउँदै आएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban