

वीरगञ्ज ।
नेकपा एमालेको अवरोधका राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानबिन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोध पछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
यस अघि एमाले सांसद विमला राई पौडेलले छानबिन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् । उनले भनिन्, ‘नेपाल प्रहरीले नेपाल प्रहरीको सबै भन्दा ठूलो निकाय माथि अनुसन्धान गर्छ ? हामीलाई आश्वस्त पार्नु पर्यो । हामी आश्वस्त नभएसम्म छानबिन समिति बनाऊ भन्नु अनुपयुक्त जस्तो मलाई लाग्दैन । लोकतन्त्रको सुन्दर पक्ष थुप्रै छन् तर गठबन्धनको आडमा शङ्कास्पद व्यक्तिहरूमाथि छानबिन गर्नु हुँदैन ढाकछोप गर्नु पर्छ प्रतिपक्ष कराउँदै गर्छ हामी बहुमतमा छौँ भनेर जाँदै गर्ने हो भने गठबन्धन संस्कृति लोकतन्त्रको लागि घातक छ । र, सबै भन्दा कुरूप पक्ष बनेको छ ।’





Write your Comment