

बारा ।
नगरबासीको काम छिटो छरितो गर्न बाराको जितपुरसिमरा उपमहानगरपालिकाले आफ्नो अधिकार बिकेन्द्रित गरेको छ । नगर प्रमुख राजन पौडेलको पहलमा सातौँ कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८०।०८१ को वडा स्तरीय पुँजीगत योजनाहरु, ब्यवसाय दर्ता र उपभोक्ता समिती दर्ता सम्बन्धित वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन ,२०७४ को दफा ७३ को उपदफा २ मा प्रमुख प्रशासकिय अधिकृतले आफ्नो अधिकार प्रत्यायोजन गर्न सकिने ब्यवस्था रहेको जीतपुरसिमरा उपमहानगरपािलकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत हरिलाल पुरीले उपभोक्ता समिती मार्फत सम्पन्न हुने २० लाख सम्मको वडा स्तरीय योजनाहरुको सम्झौता, कार्य आदेश स्थायी सेवामा कार्यरत वडा सचिबलाई दिएको बताउनुभएको छ ।
जसमा वडामा कार्यरत सब ईन्जिनीयर र अमीनलाई अनिवार्य संलग्न गराउँनुपर्ने ब्यवस्था गरिएको छ । वडाभित्रका जैबिक तथा बाताबरणीय प्रभाव पर्ने र ठुलो उद्योग बाहेक साना ब्यवसायीहरुको ब्यवसाय दर्ता, नबिकरण, नामसारी र ठाउँसारी गर्ने काम वडाकार्यालयबाट नै अब हुनेछ ।
त्यस्तै उपभोक्ता समितीबाट सम्पन्न गरिने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितीको दर्ता र नबिकरण गर्ने कार्य वडा कार्यालयबाट नै गर्ने ब्यवस्था मिलाईएको प्रमुख प्रशासकिय अधिकृत पुरीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले वडामा प्रत्यायोजन गरेको सम्पुर्ण अधिकार स्थाई सेवामा कार्यरत वडा सचिवले मात्र प्रयोग गर्न सक्ने ब्यवस्था गरेको छ ।
अधिकृत पुरीले २४ वटै वडा कार्यालहरुलाई प्रचलित कानुनको अधिनमा रही खर्च गन, आन्तरिक लेखा परिक्षण र अन्तिम लेखा परिक्षण समेत गराउँन निर्देशन दिनुभएको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले जनाएको छ ।
पछिल्ला केही वर्षदेखि चितवनमा आत्महत्याका घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालयले स्थानीय तहहरूमा पुगेरै आत्महत्या न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
उहाँले भन्नुभयो “जिल्ला प्रहरी कार्यालयले आत्महत्या न्युनिकरणको लागी जनचेतना फैलाउन समुदाय साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न विद्यालय,टोल सुधार समितिहरु,वडा कार्यालयहरु संगको सहकार्यमा विभिन्न जनचेतना मूलक कार्यक्रमहरु गरिरहेका छौ ।”





Write your Comment