खोलामा टाउको भेटिएका भारतीय नागरिकको शरीर जङ्गलमा भेटियो

रातोघर

 २०८० श्रावण २८, आईतबार  मा प्रकाशित
३७९ पाठक संख्या


सर्लाही ।

हत्या गरी फालिएको अवस्थामा भेटिएको युवाको पहिचान भएको छ।  खोलामा टाउको र जङ्गलमा शरीर शनिवार भेटिएपछि उनको पहिचान भएको हो।शुक्रबार मात्रै परिवार आएर सनाखत गरेपछि मृतक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक राज रहेको प्रहरीले जनाएको छ। अभिषेकको टाउको काटिएको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको हो।

टाउको भने तीन दिनअघि (बिहीबार) सर्लाहीको लखन्देही पुलमुनि फेला परेको थियो। बिहीबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–४, सासापुरस्थित लखदेन्ही पुलमुनि युवकको काटिएको टाउको फेला परे पनि पहिचान खुल्न सकेको थिएन।

राजमार्ग छेउमै फालिएको अवस्थामा युवकको सड्न लागिसकेको शरीर फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। एसपी सुवेदीले युवकको आपराधिक गिरोहबाट हत्या भएको हुन सक्ने बताए। उनका अनुसार मृतकको कम्मरदेखि तलको भागमा कुनै कपडा थिएन।

युवकको शरीर प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ। परिवारले सनाखत गरेपछि टाउको शुक्रवार दिउँसो पोस्टमार्टमका लागि काठमाडौँ पठाइसकिएको छ। परिवारका अनुसार अभिषेक अन्य साथीसँगै घुम्न भन्दै साउन २० गते सिता मढीबाट सर्लाहीतर्फ आएका थिए। सँगै घुम्न आएका उनका साथीहरू अहिले सम्पर्कविहीन छन्। उनीहरूको भारतीय प्रहरीसँग समन्वय गरी खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban