रक्तदान बारे गाउँगाउँमा पुगेर जनचेतना फैलाउन आवश्यक : मेयर सिंह

रातोघर

 २०८० श्रावण २९, सोमबार  मा प्रकाशित
३६१ पाठक संख्या


वीरगञ्ज  ।

नेपाल औषधी तथा विक्री प्रतिनिधि सङ्घ (एनएमएसआरए) को ५५ औँ स्थापना दिवसका अवसरमा वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १०५ पोका रक्त संकलन भएको छ । दुई जना महिला सहित १०५ जनाले रक्तदान गरेका हुन् ।

स्थापना दिवसका अवसरमा एनएमएसआरए पर्साद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरूलाई  रक्तदान गर्ने बारे गाउँ-गाउँसम्म चेतना जागृत गराउने काम गर्नु पर्नेमा जोड दिए ।उनले अहिले पनि अस्पतालहरूमा उपचार गर्न आउने बिरामीले सहजै रगत पाउने अवस्था नरहेको भन्दै रक्तदानका लागि जागृत गराउनु पर्ने आवश्यकता रहेको बताए ।

एक फरक प्रसङ्गमा बोल्दै उनले वीरगञ्ज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि सङ्घसँग हातेमालो गरेर आफूहरू अघि बढ्न तयार रहेको बताए । कार्यक्रम सङ्घका जिल्ला अध्यक्ष राम गोसाईंको सभापतित्वमा सम्पन्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban