

रौतहट ।
नेपाल तरुण दल रौतहटको कार्यवाहक अध्यक्ष को जिम्मेवारी सोभित सिलवालले पाएका छन् ।
सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले एक पत्र जारी गर्दै सिलवाललाई कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी दिईएको छ ।
लामो समय देखी नेपाल तरुण दल रौतहटको जिल्ला कार्य समितिमा रित्त अध्यक्ष पदमा उपाध्यक्ष रहेका सिलवाललाई कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी दिईएको नेपाल तरुण दलका केन्द्रिय कार्यलयले जानकारी दिएको छ ।
तरुण दलको विधान,सिद्धान्त र केन्द्रको निति निर्देशन बमोजीम कार्य गर्न र रौतहट जिल्लामा दलको संगठन अझ सुदृढ र सुसंगठित हुने बिश्वसका साथ कार्यवाहक अध्यक्ष पदको जिम्मेवारी दिईएको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङ ले जानकारी दिए ।
यसैविच जिम्मेवारी सम्हाले लगत्तै सिलवालले आफुलाई संगठनले दिएको जिम्मेवारी कुशलतापुर्वक कार्य सम्पन्न गर्ने बताएका छन् । लामो राजनैतिक आस्था र पार्टीको बिभिन्न जिम्मेवारीमा रहेर सफल मानिएका सिलवाल जिल्ला तहदेखी केन्द्रसम्मका नेताहरुका माझ लोकपृय र परिचित .व्यक्ति समेत हुन् ।






Write your Comment