जानकी मन्दिरको प्राङ्गणमा रहेको मुख्यमन्त्री यादवको पोस्टर युवाहरूले च्यातेर फ्याँके

रातोघर

 २०८० श्रावण ३०, मंगलबार  मा प्रकाशित
४६५ पाठक संख्या


वीरगञ्ज ।

जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा रहेको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर र ब्यानर युवाहरूको एक समूहले हटाएको छ । मन्दिर प्राङ्गणको सौन्दर्यीकरण र महत्त्वमा आँच आएको भन्दै मास नामक संस्थासँग आबद्ध युवाहरूले पोस्टर र ब्यानर च्यातेर फ्याल्दिएका हुन् ।

मासका संयोजक सरोज मिश्रसहितका युवाहरूको समूहले मङ्गलवार दिउँसो ब्यानर र पोस्टरहरू हटाएका थिए । मुख्यमन्त्री यादवसँगै मन्दिर प्राङ्गणमा रहेका अन्य व्यावसायिक विज्ञापनका पोस्टर पनि समूहले हटाएको थियो ।

सार्वजनिक महत्त्व, पर्यटन प्रवर्द्धन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताए । जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उनको तर्क थियो ।

सरोकारवाला निकायहरू लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरूले  हटाएको मिश्रले प्रतिक्रिया दिए । उनकै समूहले केही दिन अगाडि मन्दिर प्राङ्गणमा रोपिएको तरकारी पनि उखेलेर फ्याँक्दिएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban