वीरगञ्ज उद्योग वाणिज्य सङ्घको विशेष आमन्त्रित सदस्यमा डा. किर्ति अग्रवाल मनोनीत

रातोघर

 २०८० श्रावण ३१, बुधबार  मा प्रकाशित
४२९ पाठक संख्या


वीरगञ्ज ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. किर्ति अग्रवाल वीरगञ्ज उद्योग वाणिज्य सङ्घको विशेष आमन्त्रित सदस्यमा मनोनीत भएकी छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले डा. किर्तिलाई असार १२ गते विशेष आमन्त्रित सदस्यको रूपमा मनोनीत गरेका हुन् ।

डा. किर्तिलाई जस्ता योग्य, कुशल एवम् सक्षम व्यक्तित्वलाई वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आमन्त्रित सदस्यमा मनोनीत गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भइरहेको सङ्घका अध्यक्ष अनिल अग्रवालले प्रतिक्रिया दिएका छन् ।

वीरगञ्जको अलखिया मठ स्थित होटेल मकालुको छेउमै सन्तरा क्लिनिक सञ्चालन गरेकी डा. किर्ति नेपाली युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगञ्ज च्याप्टरको सदस्य सदस्य पनि हुन् ।डा. किर्तिले सङ्घको सदस्यका रूपमा सर्वाङ्गीण विकास तथा यस क्षेत्रका उद्योग व्यापारलगायत उद्योगी व्यवसायीहरू समेतको हकहितको संरक्षण, संवर्द्धनमा ठोस योगदान पुर्‍याउने अध्यक्ष अग्रवालको विश्वास छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban