यो समस्यालाई कसैले टन्सिल पनि भनेर बस्ने गर्छन् के यो तीन ओटै समस्या एउटै कारणले हुने हो ?
घाँटी खसखसाउने भनेको नै टन्सिलको इन्फेक्सन अर्थात् टन्सिल पाक्ने समस्या हो। यसको सुरुवातमा घाँटी खसखसाउनेबाट हुन्छ र विस्तारै पछि गएर केही निल्दा वा खाना खाँदा दुख्ने हुन्छ। यसको लागि घरमा चिसो परिकारका खानेकुरा नखाने, धुलो धुवाबाट टाढा रहने, मनतातो पानीमा नुन राखेर बिहान बेलुका कुला गर्ने, मह खाने र प्रशस्त मात्रामा झोलिलो कुराहरू खाने गर्नुपर्छ।
यो समस्या लिएर अस्पताल गएपछि उपचार कस्तो हुन्छ ?
यसको लागि पहिला हामीले के कारणले घाँटीमा समस्या भएको हो भनेर थाहा पाउनको लागि इन्डोस्कोपी गरेर र्हेर्छौँ। के को एलर्जीले गर्दा भएको हो। त्यो पता लगाउँछौँ, धूम्रपान सेवन गरेको छ भने त्यसलाई रोक्छौँ। प्रेसको औषधिले गर्दा हो भनी छुट्याउछौँ।
यो समस्याको समयमा नै उपचार नगर्दा कस्तो जोखिम निम्तिन्छ ?
घाँटी दुख्ने र खसखसाउने समस्या कतिपयलाई क्यान्सरको कारणले पनि भएको हुनसक्छ। त्यसले पछि गएर ठुलो घाउ भएर विकराल अवस्था ल्याउँछ। ग्यास्ट्रिकले गर्दा हो भने पछि गएर अल्सर पनि हुनसक्छ। कतिपय सामान्य हुन सक्छ। कतिपयको गाह्रो हुन्छ। यदि धेरै घरेलु उपचार गरेर पनि निको भएको छैन भने घाँटी खसखसाउने, दुख्ने र बोली भासिने छ भने तुरुन्तै अस्पताल जानु पर्छ ।
फ्रिजमा राखेको वा चिसो खानेकुरा खायो भने पनि यो समस्या आउने हो ?
जे कुरा पनि फ्रेस नै खाएको राम्रो हुन्छ। धेरै समय फ्रिजमा राखेर खाँदा फुड पोइजन पनि हुनसक्छ। चिसोको एलर्जी जुन कोल्ड एलर्जी भनिन्छ त्यसले चिसोको एलर्जी भएको मान्छेलाई यसले असर गर्दछ। घाँटीको पाछिएको रातो पना जुन पाक्ने अवस्थाहरू आउने तातोले कम गर्छ। चिसोले ब्याक्टेरियाहरू बढाउने हुन्छ।
घाँटीमा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
घाँटीमा ग्यास्ट्रिकको कारणले समस्या भएको हो भने चिल्लो पिरो अमिलो नखाने, राति खाना खाएको दुई घण्टा पछि मात्र अग्लो सिरानी हालेर सुत्ने गर्नुपर्छ। पानीको मात्रा कम भएर भएको हो भने पानी र झोलिलो खाना खाने गर्नुपर्छ।
धेरै बोल्ने मान्छेमा पनि यो समस्या आउँछ त्यसैले आराम गर्दै बोल्ने गर्नुपर्छ। चुरोट रक्सी सेवन गर्ने मान्छे छ भने त्यो छोड्ने। सधैँ बिहान बेलुका मनतातो पानीमा नुन हालेर कुला गर्ने र पर्याप्त मात्रामा व्यायाम गर्ने गर्नुपर्छ। सधैँ स्वस्थ र सफा घरैमा बनाएका खाना खाने, कुनै समस्या भएर समयमा नै निको भएन भने अस्पतालमा नै जानुपर्छ।








Write your Comment