परवानीपुरमा सरसफाइ कार्यक्रम सम्पन्न

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
३०१ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जको परवानीपुरमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । सफा र स्वच्छ वीरगञ्ज बनाउने अभिप्रायले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ को कार्यालयले प्रहरी चौकी परवानीपुरको सक्रियतामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।

बुधवार सम्पन्न सरसफाइ कार्यक्रममा वडाध्यक्ष राधे कृष्णा रौनियार, प्रहरी चौकी परवानीपुरका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) गोरख शाही लगायत स्थानीयहरूको उपस्थिति रहेको स्थानीय युवा समीर आलमले बताए  ।

सरसफाइ गर्ने टोलीले परवानीपुरका विभिन्न स्थानमा सफाइ गर्नुका साथै स्थानीयहरूलाई फोहर व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए । महानगरपालिकाबाट दैनिक रूपमा आउने फोहर सङ्कलन गर्ने गाडीमा फोहर राख्न अनुरोध गर्दै वडाध्यक्ष रौनियार आफ्नो गाउँ टोललाई सफा राख्ने पहिलो जिम्मेवारी स्थानीयहरूको भएको बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban