छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने वीरगञ्ज महानगरको चेतावनी

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
३७१ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाले छतको पानी सिधै सडकमा खसाउने घरधनीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।महानगरपालिकाको कार्यालयले बुधवार एक सार्वजनिक सूचना नै प्रकाशित गरेर महानगर क्षेत्र भित्र बनेका घरहरूका छत/छाना वाट बर्सात लगायत अन्य प्रयोग भएको पानी सोझै सडकमा खसाउने घरधनीलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको हो ।

घरको छत वा छानाबाट बर्सात वा अन्य प्रयोग भएको पानी सिधै सडकमा खसाउँदा सडकको संरचनामा क्षति पुगेको र सडक खाल्डो हुनुका साथै आवतजावत गर्ने यात्रुको शरीरमा समेत पानी पर्ने गरेको पाइएकोले त्यस्ता किसिमका कार्यहरू अविलम्ब बन्द गरी व्यवस्थित तवरले छतको पानी नालामा खसाउन सूचना मार्फत महानगरपालिकाले सबैमा अनुरोध पनि गरेको छ ।

यदि महानगरपालिकाको अनुरोधलाई अवहेलना गरी त्यस्ता किसिमको काम गरेको पाइएमा महानगरपालिका कारबाही गर्न बाध्य हुने पनि उक्त सूचनामा उल्लेख छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban