फेसबूक ह्याक गरेर लाखौँ ठग्ने बारा जिल्लाका चारसहित पाँच जना पक्राउ

रातोघर

 २०८० भाद्र १, शुक्रबार  मा प्रकाशित
५९३ पाठक संख्या


बारा ।

विभिन्न व्यक्तिहरूको फेसबूक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबूक आइडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् । सबै जनालाई हाल काठमाडौँको बसपार्क क्षेत्रको रेसुङ्गा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्था पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यो समूहले फेसबूक आइडी ह्याक गरेर उनीहरूको साथीलाई म्यासेन्जरबाट म्यासेज गरी ईसेवा र खल्तीजस्ता वालेटहरूमा पैसा हाल्न लगाई ठगी गर्ने गरेका थिए । समूहका सीमान्त लामाले आइडी ह्याक गर्ने गर्थे भने अमन्त लामाले विभिन्न बहानामा रकम माग गर्थे । शुभेच्छा र अनुपको काम भनेको वालेटमा आएको रकम झिक्ने काम थियो । रोहनले भने उनीहरूलाई सीमकार्ड उपलब्ध गराउने गरेको उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार हालसम्म विभिन्न व्यक्तिको ३० वटा फेसबूक आइडी उनीहरूले ह्याक गरेका थिए । हालसम्म २२ जना पीडितहरू कार्यालयको सम्पर्क आएको र हालसम्म यसबाट उनीहरूले १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।उनीहरूलाई नियन्त्रणमा लिएर ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban