वीरगञ्ज ३१ भेडियाहीमा एक पुरुष मृत फेला

रातोघर

 २०८० भाद्र ६, बुधबार  मा प्रकाशित
२५० पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिका वडा नं. ३१ भेडियाहि टोलमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही टोल निवासी जिवत राम महराका छोरा २५ वर्षीय सूर्य प्रकाश राम मृत अवस्थामा फेला परेका हुन् ।सुर्यलाई उनकै घरमा प्लास्टिकको डोरिको पासो लगाई झुण्डिएको देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी पाएलगतै मिलनचौक प्रहरी चौकी र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलि घटनास्थल पुगरे शबको मुचुल्का तयार परी पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा सिंह केसरीले जानकारी दिनुभयो । घटना विषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban