सामाजिक सञ्जाल मार्फत ठग्ने पर्साका एकजना सहित दुईजना पक्राउ

रातोघर

 २०८० भाद्र ८, शुक्रबार  मा प्रकाशित
२८९ पाठक संख्या


काठमाडौं ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् ।

टिकटक, फेसबुक र ह्वाट्सएपमा जामजाम इलेक्ट्रोनिक्सु मार्फत ‘तपाईँले लक्की ड्र मार्फत आईफोन जिन्नुभएको छ’ भन्दै पैसा उठाएका उनीहरूलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीहरूले ‘तपाईँले आईफोन जित्नुभएको छ, भन्सार पासका लागि पैसा पठाउनुहोस्’ भन्दै पैसा उठाइरहेका थिए ।

पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसनधान गरिरहेको छ । उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ  ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban