सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक स्थगित

रातोघर

 २०८० भाद्र ८, शुक्रबार  मा प्रकाशित
४६७ पाठक संख्या


सिराहा  ।

नेकपा एमालेले सिराहाको विष्णुपुर सर्रेअम्बासमा आयोजना गर्न लागेको बहुप्रतिक्षित सचिवालय बैठक स्थगित भएको छ ।सबै तयारी पूरा भए पनि लगातारको वर्षाको कारण बैठक स्थगित गरिएको  एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्  ।

पार्टीको चौथो महाधिवेशन आयोजना गरिएको घरमा ३४ वर्षपछि सचिवालय बैठक आयोजना गर्न लागिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी हुन विराटनगर पुगिसकेका भएपनि बैठक स्थगित भएको हो ।

एमालेले २०४६ सालमा अम्बासको एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो। त्यसैको सम्झना अहिले त्यहाँ सचिवालय बैठक आयोजना गरिएको थियो। 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban