पर्सा, बारा, मकवानपुर र चितवनलगायतका जिल्लामा भारी वर्षाको सम्भावना, बाढी आउने जोखिम

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
४१४ पाठक संख्या


वीरगञ्ज ।

मधेस र बाग्मती प्रदेशका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको छ ।मधेस प्रदेशको पर्सा, बारालगायतका जिल्ला र बाग्मतीका सिन्धुपाल्चोक, मकवानपुर र चितवन जिल्लामा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतैकतै ठूलो पानी परेको छ ।

पानी परिरहेका जिल्ला र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम छ । जल सतह बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

साथै, हिजो/अस्ति पनि लगातार पानी परेका ठाउँमा कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ ।

आज पनि मधेस, बाग्मती र कोसी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस र कोसी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban