

काठमाडौँ ।
गुगलको भिडियो स्ट्रिमिङ प्लाटर्फम युट्युबले एउटा बहुप्रतिक्षित फिचरको परीक्षण गरिरहेको छ । जस अनुसार अब गीतको धुन गुनगुनाएकै भरमा युट्युबमा सम्बन्धित गीत सर्च गर्न सकिनेछ ।
कहिलेकाहीँ यस्तो पनि हुन्छ कि हामीलाई केवल कुनै गीतको धुनमात्रै याद हुन्छ तर सम्झिने लाखौं कोसिस गर्दा पनि गीतको बोल वा शब्दहरु याद हुँदैनन् । युट्युबले प्रयोगकर्ताहरुको यहीँ समस्याको समाधान खोज्न लागेको हो । युट्युबले एउटा यस्तो फिचरमा काम गरिरहेको छ जो लागू भएसँगै प्रयोगकर्ताले गीतको धुन अर्थात् लय गुनगुनाएरै कुनै पनि गीत युट्युबमा सर्च गर्न सक्नेछन् ।
हाल यो नयाँ फिचरको एन्ड्रोइड एपमा परीक्षण भैरहेको बताइएको छ र सुरुमा यसलाई एन्ड्रोइड प्लाटर्फममै जारी गरिनेछ ।यो नयाँ फिचरको पुष्टि गरेकेा छ र युट्युबको टेस्ट फिचरका साथै एक्सपेरिमेन्ट पेजमा यसको जानकारी दिइएको छ ।





Write your Comment