

ठोरी ।
प्रस्तावित शिक्षा ऐनको विरुद्धको आन्दोलनलाई थप सशक्त बनाउन नेपाल शिक्षक महासंघ ठोरीले आन्दोलन परिचालन समिति गठन गरेको छ। नेपाल शिक्षक महासंघ ठोरीको आह्वानमा भेला भएका ठोरीका शिक्षक तथा कर्मचारीहरुले आन्दोलन परिचालन समिति गठन गरेको हो।
नेपाल शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको नेपाल शिक्षक महासंघ ठोरीका उपाध्यक्ष गोपिलाल श्रेष्ठले जानकारी दिए। ठोरी ४ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्मलबस्तीमा शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले आन्दोलन परिचालन समितिको आवस्यकता महसुस गरि सर्वसहमत रुपमा आन्दोलन परिचालन समिति गठन गरिगरिएको समेत उपाध्यक्ष श्रेष्ठले बताए ।
गठित समितिमा गोपिलाल श्रेष्ठ, दिपेन्द्र सापकोटा, विदुर प्रसाद सापकोटा, रन्जित कार्की, सुमित्रा परियार, मित्र बहादुर थापा, सुन बहादुर लामा, लक्ष्मण बखती, उदय बहादुर श्रेष्ठ, अन्जु तिमल्सिना, महासंघका पदाधिकारी तथा सदस्यहरु एवम् संघसंगठनका अध्यक्ष सहित २१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको शिक्षक महासंघ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए।
स्थानीय पालिका,शिक्षा समन्वय इकाइ तथा प्रदेशमा सामाजिक विकास मन्त्रालयमा धर्ना सहित नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच भएको ५१ बुँदा र ३० बुँदे सम्झौतापत्र बुझाएको महासंघले काठमाडौ केन्द्रित आन्दोलनलाई सफल बनाउन समिति गठन गरी अघि बढ्ने निर्णय गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए। काठमाडौ केन्द्रित आन्दोलनको लागि तयारी अवस्थामा रहन केन्द्रले गरेको सर्कुलर अनुसार ठोरीले पनि आन्दोलन परिचालन समिती गठन गरेको समेत उनले बताए।
यसअघि देशै भरी जिल्ला स्तरीय तथा प्रदेश स्तरीय आन्दोलन परिचालन समिति गठन भइ सकेको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए।
भेलाले देशैभरी स्थानीय पालिका,शिक्षा समन्वय इकाइ तथा प्रदेशमा सामाजिक विकास मन्त्रालयको धर्ना कार्यक्रममा शिक्षक तथा कर्मचारीहरुको उत्साहजनक सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा भेलाले धन्यवाद प्रस्ताव समेत पारित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।अध्यक्ष श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सहजीकरण नेपाल शिक्षक संघ ठोरीका अध्यक्ष विदुर प्रसाद सापकोटाले गरेका थिए।





Write your Comment