पर्सामा मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु

रातोघर

 २०८० भाद्र ११, सोमबार  मा प्रकाशित
३६७ पाठक संख्या


वीरगञ्ज ।

पर्सामा मोटरसाईकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनी चोक स्थित भारतबाट भेलाहितर्फ जादै गरेको मोटरसाईकलमा सवार महिलाको लडेर मृत्यु भएको हो । बिआर ०५ एस ०४६८ नम्बरको मोटरसाईकलमा सवार भारत पुर्वी चम्पारण बस्ने ६० बर्षिय सुदामा देवी मोटरसाईकलबाट लडेर घाईते भएको थिइन् ।

नलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।मोटरसाईकल मोटरसाइकल चालक १६ वर्षीय बालिकालाई प्रहरीले नियत्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban