

बारा ।
बारामा प्रहरीले लागूऔषध गाँजासहित तिन जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले बाराको कोल्हबी नगरपालिका-२ भलुवाहीखोरबाट अवैध लागूऔषध पाँच किलो गाँजासहित तिन जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा निजगढ नगरपालिका-१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह १४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको थियो ।पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बारामा राखेर अनुसन्धान भइरहेको छ ।





Write your Comment