आजदेखि बढ्यो खाना पकाउने ग्याँसको मूल्य, प्रति सिलिन्डर १८९५ रुपैयाँ

रातोघर

 २०८० भाद्र १५, शुक्रबार  मा प्रकाशित
३६७ पाठक संख्या


वीरगञ्ज ।

सरकारले खाना पकाउने एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।आजबाट लागू हुने गरी खानामा पकाउने एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर २३५ रुपैयाँ वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । मूल्यवृद्धिसँगै ग्याँसको मूल्य प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले वृद्धि भएको छ ।यसअघि सरकारले गत साउन १६ र ३० गते पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban