बाघको आक्रमणबाट ठोरीमा एकको ज्यान गयो

रातोघर

 २०८० भाद्र १५, शुक्रबार  मा प्रकाशित
२४० पाठक संख्या


वीरगञ्ज ।

पर्साको ठोरीमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । ठोरी गाउँपालिका वडा नम्बर ५ आठघरे मध्यवर्ती जंगलमा गोठालो गएका सोही स्थानका कान्छा दोङको बाघको आक्रमणबाट ज्यान गएको हो ।

बुधबार दिउँसो गोरू लिएर जंगल गएको दोङ मध्यवर्ती जंगलमा चराउन गएका थिए । गोरूलाई दाम्लोले बाँधेर चराइरहेको बेला बाघले गोरूलाई आक्रामण गरेपछि गोरू बचाउने क्रममा बाघले दोङलाई आक्रमण गरेको स्थानीयले बताएका छन् ।बाघको आक्रमणबाट दोङको दिऊसो नै मृत्युु भएको हो ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठोरी, बोर्डर आउटपोष्ट ठोरीीका सुरक्षाकर्मी र मध्यवर्ती वन उपभोक्ता समितिका पदाधिकारीहरू सहितको टोलीले दोङको शब ल्यएर पोष्टमार्टमको लागि नारायणी अस्पताल पठाईएको पर्सा प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban