ओरिया खोलामा डुबेर एक बालिकाको मृत्यु

रातोघर

 २०८० भाद्र २०, बुधबार  मा प्रकाशित
२५१ पाठक संख्या


जगरनाथपुर ।

ओरिया खोलामा पौडी खेल्ने क्रममा एक जना भारतीय किशोरीको डुबेर मृत्यु भएको छ ।पर्साको जगरनाथपुर गाउँपालिका–२ दसौंता स्थित ओरिया खोलामा पौडी खेल्ने क्रममा भारत बिहारको पश्चिमी चम्पारण इनर्वा गाउँको वडा नं. ८ बस्ने अब्दुल अन्सारीको छोरी १२ वर्षीय गुलाबसा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो करिब २ बजे डुबेर खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक खातुनसँगै पौडी खेल्न गएका ३ जना भारतीय किशोर किशोरीहरुलाई जानकीटोला चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसी सहितका टोली घटनास्थलमा पुगि मुचुल्का उठाई मृतक खातुनलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban