

वीरगञ्ज ।
वीरगञ्जमा मोटरसाइकलले ठक्करबाट एक जना भारतीय पैदल यात्रीको मृत्यु भएको छ ।वीरगञ्ज – १६ नगवास्थित नापी शाखा अगाडिको सडकमा बुधवार राती ना.५५ प ७२८६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री भारत बिहारको सिमरी मधुवनी घर भएका ५० वर्षीय सत्यनारायण यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधवार राती ९ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकल चालक वीरगञ्ज – १५ मुर्ली निवासी ४५ वर्षीय अशोक महतोलाई उपचारपछि प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायब उपरीक्षक (डिएसपी) निर्मल बुढाथोकीले जानकारी दिए ।





Write your Comment