४१ लाख भन्दा बढि मूल्यको सामान लोड रहेको ट्रक नियन्त्रणमा

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
३०० पाठक संख्या


वीरगञ्ज ।

प्रहरीले बिल बिजक भन्दा बढी केमिकल्स तथा खुद्रा सामाग्री लोड रहेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक स्थित सडकखण्डबाट बा.प्रदेश ०१–००६ ख २७३१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

केमिकल्स तथा खुद्रा लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट काठमाण्डौँतर्फ जादैँ गरेको मालवाहक ट्रकलाई रोकी प्रहरीले चेकजाँच गरेको थियो । सोही क्रममा बिलविजक भन्दा बढि मालसामान फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

ट्रकमा ४१ लाख ५२ हजार ३ सय १९ रुपैयाँ बराबरको केमिकल्स तथा खुद्रा सामाग्रीहरू फेला परेको उनले बताए ।बरामद गरिएको सामान सहितको ट्रकलाई आवश्यक कारबाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban