पत्रकार यादवको मोटरसाईकल दुर्घटनामा मृत्यु

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
४८३ पाठक संख्या


सर्लाही ।

सर्लाहीको बरहथवामा भएको मोटरसाईकल दुर्घटनामा एक पत्रकारको ज्यान गएको छ ।शनिवार साझ बरहथवा–मधुवनी सडक अन्तरगत बरहथवा नगरपालिका–८, टाँडी स्थित गर्जन्हा पुलमा भएको मोटरसाईकल दुर्घटना एक युवकको ज्यान गएको हो । दुर्घटनामा धन्कौल गाउँपालिका–४, महिनाथपुर निवासी २१ बर्षिय अभिषेक यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएका छ ।

केही समय यता यादव पत्रकारीमा सकृय रहदै आएका थिए । शनिवार पनि रिर्पोटिङकै क्रममा बागमतीबाट फर्कदै गर्दा उनी सवार मधेश प्रदेश ०३–०८ प ७४९६ नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट आउदै गरेको भारतिय नम्बर प्लेट बिआर ३० एक्स ८९८८ नम्बरको मोटरसाईकले ठक्कर दिएको हो । दुर्घटनामा गम्भिर घाईते भएका उन्लाई न्युरो अस्पताल कलैया पुर्याईएको थियो ।

पत्रकार यादवको उपचारकै क्रममा आईतवार दिउसो वीरगञ्ज स्थित एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो । उनी सवार मोटरसाईकल चालक धन्कौल–४, महिनाथपुर निवासी २७ बर्षका रुपेश यादव र ८९८८ नम्बरको मोटरसाईकलका चालक ३७ बर्षका रामजनक चौधरी सामान्य घाईते भएका थिए । उनीहरु दुवै जना स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात घर फर्किसकेका छन् ।

स्थानीय रेडियो स्टेशनबाट पत्रकारिता सुरु गरेका यादव कुशल क्रिकेट कमेन्टेटरका रुपमा समेत स्थानीय स्तरमा परिचित थिए । उनी प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका कार्यसमिति सदस्य समेत हुन् । पत्रकार यादव केही समय देखी सर्लाहीबाट मधेश पार्टी अनलाईनमा काम गरिरहेका थिए ।पत्रकार यादवको असामयिक निधनले संगठनसगँ सिंगो समाजलाई क्षती पुगेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष श्रवण थापाले बताए ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले मृतक यादव प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै, शोकाकुल परिवारजन प्रति सम्बेदना प्रकट गरेको छ । साथै घटनाको सत्यतथ्य छानविन गरी पिडितलाई न्याय दिन समेत आग्रह गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban