ठोरीमा बेवारीसे शव बरामद

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
६८७ पाठक संख्या


वीरगञ्ज ।

पर्साको विजयवस्तीमा सोमबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।ठोरी गाउँपालिका – ४ विजयवस्तीस्थित नेवा पेट्रोल पम्पको पछाडि अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पेट्रोल पम्प पछाडिको खेतमा गहुँ गोरो रङ्ग र जिउमा कट्टु मात्र लगाएका अपरिचित पुरुषको शव फेला परेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।

शव फेला परेको जानकारी प्राप्त हुने बित्तिकै पर्साका प्रहरी उपरीक्षक कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनास्थलमा पुगेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban