राजश्व विभागको छापामारीप्रति वीरगञ्ज उद्योग वाणिज्यसंघको आपति : व्यवसायीलाई धम्काउने काम मात्रै किन ?

रातोघर

 २०८० भाद्र २८, बिहिबार  मा प्रकाशित
२६९ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा राजश्व अनुसन्धान विभागको टोलीबाट भइरहेको छापामार शैलीको कामप्रति उद्योगी व्यवसायीहरुले आपति जनाएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साले एक विज्ञप्ति जारी गर्दै राजश्व विभागबाट भइरहेको अनुसन्धानको नाममा छापामारीप्रति विरोध जनाएको हो ।

बीरगन्ज उद्योग वाणिज्य संघबाट जारी विज्ञप्तिमा भनिएको छ– देशको आर्थिक अवस्था अहिले मजबुत छैन, सबै क्षेत्र आर्थिक मन्दीको चंगुलमा फसेको छ । त्यसको बाबजुद पनि हामी राज्यलाई कर तथा राजश्व बुझाइरहेको छौं, ताकी देशको अर्थतन्त्र बलियो होस ।

विज्ञप्तिमार्फत उनीहरुले भनेका छन्,‘तर केही दिनयता वीरगञ्जमा उद्योगी व्यवसायी एवम व्यपारिक प्रतिष्ठानहरुलाई अनुसन्धानको नाममा धम्काउने काम भइरहेको छ,जुन ठीक होइन । यसमा हाम्रो गम्भीर धन्याकर्षण भएको छ ।

राजश्व विभागको छापामारीले बारा र पर्साका उद्योगीहरु नै अहिले त्रसित बनेको वीरगञ्ज उद्योग वाणिज्य संघको आरोप छ ।कारण–व्यवसायीहरुलाई त्रसित बनाउँने हिसाबले छापामारी,काँगजात सबै लिएर विभागमा सम्पर्क गर्न निर्देशन जो दिइदैछ ।

विभागको यही रवैयाले व्यवसायीहरुमाँझ शंका पैदा गरेको विज्ञप्तिको आशय छ ।
भन्सारको अवैज्ञानिक र अपारदर्शी मूल्याकंन पद्धतिमा सुधार गरे देशको राजश्व चुहावटको समस्या समाधान हुने बीरगन्ज उद्योग वाणिज्य संघले सुझाएको छ ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban