पर्साको ग्रामीण भेगका विद्यालयले मनाए बाल दिवस

रातोघर

 २०८० भाद्र २९, शुक्रबार  मा प्रकाशित
४९४ पाठक संख्या


पर्सागढि ।

बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी भन्ने मुल नारा सहित ५९ औं राष्ट्रिय बालदिवस पर्साको ग्रामीण भेगमा रहेका सामुदायिक तथा निजि विद्यालयमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

पर्सागढि नगरपालिका वडा नं. ३ मा रहेको भुपु सैनिक बोर्डिङ्ग स्कुलले आज बालदिवसको अवसरमा ¥याली निकालेको छ । विद्यालयको प्राङ्गणबाट निकालिएको र्‍यालीमा विद्यार्थीले बाल हिंसा बन्द गर, बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गर, बालबालिकाको हक अधिकार सुनिश्चित गर जस्ता नारा लेखेर प्लेकार्ड सहित बडनिहार बजार परिक्रमा गरेका थिए ।र्‍यालीमा शिक्षक, विद्यार्थी तथा ब्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

त्यस्तै जनता मावी पकडिया बडनिहार, पर्सा रेम्बो बोडिङ्ग स्कुल लगायत ग्रामीण भेगमा रहेका निजि तथा सामुदायिक विद्यालयले विद्यालयकै प्राङ्गणमा बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban