

सिमरा ।
बाराको जीतपुरमा धुमधामका साथ गणेश चतुर्थी पुजा तथा महोत्सव सुरु भएको छ । मंगलबार बिहान बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थी पुजा सुरु गरिएको हो ।
जीतपुर गणेश पुजा स्थलबाट शोभायात्रा निकालेर जीतपुरको परिक्रमा गरि पुनः पुजा हुने स्थानमा आएर गणेश पुजा सुरु गरिएको थियो । श्री सिद्धि विनायक पुजा समितिले आयोजना गरेको उक्त पुजा ७ दिन सम्म चल्नेछ ।
विगत १२ वर्ष देखी आयोजना हुदै आएको श्री गणेश चतुर्थी पुजामा यस वर्ष गणेश भगवानलाई २ सय ७१ किलोको लड्डुको भोग लगाइएको छ । भोग लगाइएको २ सय ७१ किलो लड्डुलाई अन्तिमदिनमा प्रसादको रुपमा वितरन गरिने पुजा समितिले बताएको छ ।

बिहान बृहत् शोभायात्रा निकालेर सुरु गरिएको गणेश पुजमा मंगलबारनै दिनको ३ बजे नेत्रदर्शन गरी पुजालाई विधिवत रुपमा सुरु गरिएको थियो ।
श्री सिद्धि विनायक पुजा समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा सम्पन्न भएको नेत्रदर्शन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सुरेश काफ्ले, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल कुमार गुप्ता, इलाका प्रहरी कार्यालय सिमरा प्रमुख प्रदिप क्षेत्री, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, वरिष्ठ उपाध्यक्ष मनोज गुप्ता, सफल व्यवसायी होटेल इच्क्षाका संचालक इच्क्षा बहादुर वाग्ले, जीतपुरसिमरा ७ का वडा सदस्य नबिन मैनाली, जीतपुरसिमरा ७ का पुर्व वडा अध्यक्ष रामबाबु गुप्ता, गणेश साह कालवार, समाज सेवी राजुराज गिरि, मुकेश गुप्ता, ओम प्रकास सर्राफ, ओम प्रकास गुप्ता, माधभ सिहं, सन्तोस साह, ब्रहमा कुमारी राजयोग सेवा केन्द जीतपुरकी संचालिका रेणु दिदि, कृष्णा गुप्ता, मनोज कुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।






Write your Comment