

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकामा लायन्स क्लव अफ सिमरा जागरण गठन गरिएको छ ।
लायन्सका डिस्टिक गर्भनर देवकी नन्दन अग्रवाल, लायन्सका रमेश अग्रवाल, मुकुन्द बहादुर क्षेत्री लगाएतका अग्रजहरुको उपस्थितीमा २० सदस्यीय नयाँ लायन्स क्लव अफ सिमरा जागरण परिवार गठन भएको हो ।
नव गठित क्लवको नेतृत्व सिमराका युवा व्यवसायी तथा समाजसेवी शिव पौडेलले लिएका छन्भने प्रथम उपाध्यक्ष नारायण प्रसाद घिमिरे, दोश्रो उपाध्यक्षमा विनोद सापकोटा चयन भएका छन् ।
त्यसैगरी कोषाध्यक्षमा राजदास श्रेष्ठ, सचिवमा अजित खतिवडा, सदस्यहरुमा रामचन्द्र लामा, किसोर त्रिपाठी, रमेश थापा, किसन थापा, सरोज भट्ट लगाएत २० सदस्य रहेका छन् । कार्यक्रममा लायन्सका बिभिन्न अग्रजहरुको उपस्थिती रहेको थियो ।





Write your Comment