अर्धनग्न अवस्थामा फेला परेको पुरुष शवको पहिचान खुल्यो, ज्यानसम्बन्धी कसुरको मुद्दामा अनुसन्धान चलाउने प्रहरी तयारी

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
३७१ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज छपकैयाँबाट तीनदिन अगाडि फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । प्रहरीले देशभरि पत्रचार र आफ्नो ‘पेज’ मा पनि मृतकबारे सूचना गरेपछि आज पहिचान खुलेको पर्सा प्रहरीले जनाएको छ ।

पर्साअनुसार तीन दिन अगाडि अर्धनग्न अवस्थामा फेला परेको पुरुष नाम अरबिन्द कुमार सर्राफको रहेछ ।उनी बारा कलैया निवासी रामकिशोर साह सोनारको छोरा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मृतक पहिचान खुलेपनि पोष्टमार्टम रिपोर्ट अझै आउन नसकेको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापले बताए।

प्रहरीका  अनुसार फेला परेको २ वटै बेवारिसे शवमाथि ज्यान सम्बन्धी कसुरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।प्रहरी प्रवक्ता थापाले भने,‘हामी प्रक्रियामा छौ, प्रक्रिया सके लगत्तै ज्यान सम्बन्धी कसुरको मुद्दा दर्ता हुन्छ ।’ २ असोजमा वीरगञ्जको छपकैयाँबाट सर्राफको शव फेला परेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban