वीरगञ्जमा आर्थिक मन्दीले भाडा तिर्न नसक्दा भाग्ने व्यवसायी बढे

रातोघर

 २०८० आश्विन ६, शनिबार  मा प्रकाशित
४८१ पाठक संख्या


वीरगञ्ज। 

वीरगञ्जमा सटरको भाडाँ तिर्न नसक्दा व्यापारी सम्पर्क विहीन हुने व्यापारीहरु बढदै गएका छन् ।  यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको वीरगञ्ज महानगरले जनाएको छ ।

व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा उनिहरु व्यवसायबाट पलायान भएको र सम्पर्क विहिन बनेको बताइको छ ।  आर्थिक मन्दीका कारण वीरगञ्ज महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ ।

वीरगञ्ज महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।  कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ ।  बन्दाबन्दी सहज भएपछि व्यापार विस्तारै लयमा फर्किदै थियो, तर देशमा आर्थिक मन्दी शुरु भएसँगै व्यवसायले थप समस्या भोग्नु परेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban