वीरगञ्जको ट्राफिक व्यवस्थापन बारे जिल्ला ट्राफिक प्रहरी कार्यालयमा छलफल

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
३६३ पाठक संख्या


वीरगञ्ज ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा आज सम्पुर्ण ट्राफिक व्यवस्थापन न्यूनीकरण बारे छलफल भएको छ ।वीरगञ्जका विभिन्न संघसस्थाहरुको सहयोगमा घन्टाघरको ट्राफिक लाईट प्रभावकारी गर्न फूट्पाथ निर्माण रेल्लिङ निर्माण जेब्रा पेन्टिङ, पार्किङको व्यवस्थापन गर्ने, बसपार्क रोड, व्यवस्थापन गर्ने, गण्डक चोक सालिक निर ट्राफिक प्रहरी पोष्ट राख्ने, विद्यालयहरुको प्राङ्गणमा ट्राफिक चिन्ह भएको बोड लगाउने विषयमा छलफल भएको हो ।

आउँदै गरेको दसैं चाडपर्वलाई लक्ष्यित गरि ट्राफिक व्यवस्थापन गर्ने लगायतको कुरामा वीरगञ्जका संघ संस्था महानगरपालिका, ट्राफिक प्रहरी पर्साको सहाकार्य र सहभागितामा जनाउने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा व्यवस्थित वीरगञ्ज अभियान, स्प्रीट क्लब, एलाइड युथ सोसाइटी, स्टार युथ क्लब, पहिलो पाइला, परिवर्तन नेपाल, समृद्धि नेपाल, युवा वचन संस्था ,राइनो युवा क्लब सहित संघ संस्थाको उपस्थिति रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban