अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल : चितवन र चावहिलको विजयी शुरूवात

रातोघर

 २०८० आश्विन ९, मंगलबार  मा प्रकाशित
३९६ पाठक संख्या


सिमरा। 

बाराको सिमरामा जारी तेश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान फुटबल प्रतियोगिता २०८० मा चितवन भेट्रान फुटबल क्लब र चावहिल भेट्रान क्लबले विजयी शुरुवात गरेको छ । सोमबार सिमरा रंगशालामा भएको दोश्रो खेलमा चितवन र चावहिल भेट्रानले विजयी भएको हो । पहिलो खेलमा विरगञ्ज युथ एकेडेमी पर्सालाई १–० गोल अन्तरले पराजित गर्र्दै चितवनले विजयी शुरुवात गरेको थियो ।

चितवनको जितमा मेघलाल तामाङले खेलको ५८औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेका तामाङ नै म्यान अफ द म्याच घोषित भए । उनलाई आयोजक सिमरा भेट्रान क्लबका अध्यक्ष राज कपुर राउत विजयले म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका थिए । प्रतियोगिता अन्र्तगत सोमबार भएको दोश्रो खेलमा चावहिल भेट्रान क्लब काठमाण्डौ विजयी भएको छ ।

दार्जिलिङ टाउन भेट्रान भारतलाई ३–० गोल अन्तरले पराजित गर्दैै चावहिलले विजयी शुरुवात गरेको हो । चावहिलको जितमा कृष्ण मलाकारले २ गोल गरेका थिए । त्यसअघि पहिलो हाफको २६औ मिनेटमा शिशिर बहादुर हमालले शुरुवाती गोल गरेका थिए । प्रतियोगिता अन्र्तगत मलाकार म्यान अफ द म्याच घोषित भए । उनलाई यु आर गोल्ड प्रिमियम मसला चियाकी सञ्चालिका रिता कडेलले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुदेछ । पहिलो खेल फ्रिडम फाईटर क्लब काठमाण्डौ र एन।जे।जे।वाई।सि भेट्रान क्लब सिमरा र दोश्रो खेल चावहिल भेट्रान क्लब काठमाण्डौ र चितवन भेट्रान फुटबल क्लब बिच हुने आयोजक क्लबका अध्यक्ष राज कपुर राउत विजयले जानकारी दिनुभयो । स्व। मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजित प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख र उप बिजेताले नगद १ लाख रुपैया पाउने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban