

वीरगञ्ज ।
देशभरमा भइरहेको चिकित्सकमाथि कुटपिटविरुद्धमा देशव्यापी आन्दोलनको समर्थनमा बीरगन्जमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका छन् । चिकित्सक कुटपिटविरुद्ध वीरगञ्जमा जुलुस निकाल्दै चिकित्सहरुले विरोध प्रदर्शन गरेका हुन ।
राष्ट्रिय आवासिय चिकित्सक संघ महाराजगञ्जको आवहानमा चिकित्सकहरुले वीरगञ्जको घण्टाघण्मा विभिन्न नारा लगाउदैँ विरोध प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा उनीहरुले नारा लगाएका छन्,‘डाक्टर कुटन पाईदैन, डराएको स्वास्थ्यकर्मीले काम गर्न सक्दैन । अस्पतालमा काम गर्ने वातावरण बनाउ।’
पछिल्लो समय काठमाण्डौँ लगायत चितवन, हेटौँडास्थित अस्पतालहरुमा भइरहेको चिकित्सकमाथिको कुटपिट विरुद्ध वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन् ।
चिकित्सकहरुले अस्पताल परिसरमै चिकित्सकहरु असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका छन् ।दोषीलाई कारवाही नभएसम्म आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प पारिएको छ । प्रदर्शन पश्चात उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।





Write your Comment