बारामा २६ लाखको अलैँची बरामद

रातोघर

 २०८० आश्विन १२, शुक्रबार  मा प्रकाशित
५३० पाठक संख्या


बारा ।

बारामा प्रहरीले शङ्कास्पद २६ लाख रुपैयाँ मूल्य बराबरको अलैँची बोकेको गाडी नियन्त्रणमा लिएको छ ।नियमित चेक जाँचका क्रममा बुधवार दिउँसो २ बजे पथलैया चोकबाट अलैँचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई पथलैया चोकमा प्रहरीले रोकेर चेक जाँच गर्दा १३ सय किलो अलैँची बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।नियन्त्रणमा लिइएको अलैँची बारे अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban