

वीरगन्ज ।
वीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।वीरगन्ज ४ वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार बिहान दुई जना फरार रहेकाे काफ्लेले बताए ।
प्रहरीका अनुसार सुधार गृहकाे छतमा लगाइएको काँडेतार काटेर उनीहरु गृहसंगै टाँसिएर रहेकाे मेडिकल क्लिनिकाे छतमा गई त्यहाँबाट हाम फालेर भागेका हुन् ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बाल सुधार गृहबाट फरार भएका दुवै जनाकाे खाेजी भइरहेको बताए ।उक्त बाल सुधार गृहमै गत भदाैं २६ गते गृहमा रहेका बालकहरुबिच विवाद भई झडप हुदाँ ३ प्रहरी र ११ जना बालकहरु घाइते भएका थिए।





Write your Comment